दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

३ बालिका बलात्कार गरेको मुद्दामा ७३ वर्षीय पुरुषलाई जन्मकैद फैसला

तनहुँ ।  जिल्ला अदालत  तनहुँले नाबालिग बलात्कारको अभियोगमा  ७३ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका-१० का एक वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको हो ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयाे । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाइएको छैन ।

वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरी तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ ।

आरोपितमाथि तीनवटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुईवटा मुद्दामा पनि कसुर ठहर भएको छ । तर सजाय निर्धारण भने बाँकी छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ३ : ४८ बजे