आन्तरिक हवाई उडानमा अत्यधिक चाप

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै, विभागको भागबन्डा अझै टुङ्गिएन

काठमाडौँ । नेकपा माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहीबार बिहान स्थगित भएको बैठक पुनः आज बस्ने भएको हो ।

समसामयिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्य विभाजनका लागि बसेको  बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

बिहीबार अपराह्न ४ः०० बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज पनि बैठक बोलाइएको हो । 

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ४९ बजे