कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । बिहीबार बिहान बसेको कांग्रेस संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हाे । 

 कांग्रेस नेता रमेश लेखकका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँग समेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने निर्णय गरेको  हाे । 

त्यस्तै बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने निर्णय गरेको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएसँगै रिक्त रहेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ५ : ३८ बजे