यस्तो छ आजको विनिमय दर

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

काठमाडौं । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

क्यानले आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि लामिछानेलाइ टिममा समावेश गर्ने निर्णय गरेकाे हाे ।

जघन्य फौजदारी अभियोग लागेको र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पनि क्यानले उनको निलम्बन फुकुवामात्र नगरी  राष्ट्रिय टिममै समावेश गरेको हाे ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

सन्दीप आज त्रिवि मैदानमा पुगेर प्रशिक्षक देसाईलाई भेटेका थिए । सम्भवतः उनी भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् ।  सन्दीप केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए ।

सन्दीप टोलीमा फर्किएसँग बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ५ : ३० बजे