आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेपाली काँग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको संसदीय दल कार्य समिति बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदै छ । उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : ५४ बजे