आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेकपा माओवादी केन्द्रको स्थगित स्थायी कमिटी बैठक आज पुनः बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बुधवार स्थगित स्थायी कमिटी बैठक आजका लागि पुनः बोलाइएको छ । 

स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरूलाई केन्द्रीय विभागमा जिम्मेवारी बाँडफाँड गर्ने एजेन्डामा प्रवेश गरेको माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।  

स्थगित बैठक आजबाट सुरु हुनेछ ।  जस अनुसार केन्द्रीय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने बताइएको छ । 

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ७ : २३ बजे