दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लाठी प्रहार गरेर श्रीमानको हत्या : पाँच वर्षपछि सेफ्टी ट्यांकीमा भेटियो खप्पर

काठमाडाैँ । ​​​​जाजरकोटमा ५ वर्षअघि हत्या गरेर गाडिएको एक व्यक्तिको शव फेला परेको छ ।

भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव पाँच वर्षपछि फेला परेको हो । उनको श्रीमती भद्रकला कामी र दुई छोराहरु तुल्सीराम कामी र गोविन्द कामीले हत्या गरेर शौचालयको खाडलमा गाडेका थिए ।

२०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गुपचुप राखिएको घटनाबारे यही माघ १७ गते प्रहरीले गोप्य सूचना पाएपछि खोजतलास गरेको थियो ।

खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेट्टाएको छ ।

भद्रकला र दुई छोराहरुलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ५ : ०९ बजे