ह्विलचेयरमा बसेर मास्क बेच्ने व्यक्ति महानगरका प्रहरीद्वारा पक्राउ

काठमाडौं । ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले पक्राउ गरेको छ ।

काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै आफ्नो गुजारा चलाउदै आएका व्यक्तिलाई महानगरका प्रहरीले पक्राउ गरी गाडीमा राखेको छ ।

सडक पेटीमा बसेर कुनै पनि सामग्री बेचबिखन गर्न महानगरले रोक लगाउदै आएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ३ : २७ बजे