चितवनबाट आज १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आज दिउँसो १२ः०० बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै आज दिउँसो १२ः०० बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गर्न लागेको जनाएको हो । 

सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको सङ्ख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ५४ बजे