दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अनाथालयका बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा एक जना पक्राउ

धनगढी । कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन्।

प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।  

उहाँका अनुसार लामो समयदेखि बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आएपछि चन्दलाई प्रहरीले पक्राउ गरेको हो।

अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि शोषण गरेको उजुरी परेको थियो । पक्राउ परेका चन्दमाथी अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ४९ बजे