यस्तो छ आजको विनिमय दर

सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने बाटो खुल्ला

काठमाडौँ । बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट सङ्घ (क्यान)ले पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

मङ्गलवार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पूर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समयपछि क्यानले उनी माथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने बाटो खुलेको छ । 

गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : १६ बजे