प्रधान सेनापति र यूएईका राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला बिन जरवन अल शस्मीबीच भेटवार्ता भएको छ । 

प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा मंगलबार भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ५९ बजे