संखुवासभा । संखुवासभामा निर्माणाधिन अरुण तेस्रोको सुरुङ भत्किदा एक जना कमादारहको मृत्यु भएको छ भने दुई जना मजदुर घाइते भएका छन् ।
नौ सय मेगावाटको निर्माणाधिन अरुण तेश्रोको पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको छ । घटनामा भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते छन् ।
दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।
प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार ३ : २१ बजे
प्रतिक्रिया