दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बिरामीलाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

काठमाडौं । ​​​​​​​अष्ट्रेलियामा एक नेपाली नर्स बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा पक्राउ परेकी छन् ।

नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको आरोपमा पक्राउ गरिएको हो ।

एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

यो कसुरमा पाण्डेलाई जेल सजाय समेत हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : ५५ बजे