सुनको मूल्यमा नयाँ कीर्तिमान

धमिलिकुवामा १५ शय्याको अस्पताल निर्माण कार्य सुरु

लमजुङ  । राइनास नगरपालिका–६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ ।

स्वास्थ्य चौकीको स्तरोन्नतिसँगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ । 

हाल स्वास्थ्य चौकी रहेको उक्त ठाउँमा १५ शय्याको अस्पताल निर्माणका लागि भवन निर्माण कार्य सुरु भएको छ ।

गण्डकी प्रदेशसभा सदस्य डा.टकराज गुरुङले उक्त भवनको शिलान्यास गर्दै अहिलेको स्वास्थ्य चौकी स्तरोन्नति भएर अस्पताल बनेमा राइनास नगरपालिकाका स्थानीयले गाउँघरमै राम्रो उपचार सेवा पाउने बताउनुभयो । 

राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले राइनास क्षेत्रका नागरिक स्वास्थ्य सेवा लिन टाढा जानुपरेको र सरकारी सेवा सुविधासहितको स्वास्थ्य सेवा पाउन नसकेको अवस्थामा स्तरोन्नति हुने गरी धमिलिकुवा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु भएको बताउनुभयो । 

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १८ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो । भवनका लागि मात्रै १२ करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएकोमा भगवती निर्माण सेवा काभ्रेपलान्चोकले भ्याटसहित ७ करोड ९५ लाखमा निर्माण गर्ने सम्झौता गरेको नगरपालिका प्रमुख गोकर्णराज सुयलले बताउनुभयो। उहाँका अनुसार २०८१ वैशाख मसान्तसम्म सक्ने गरी गत पुस २० गते निर्माण व्यवसायीले सम्झौता गरेको छ । 

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ०३ बजे