दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

लमजुङ । प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पक्राउ गरेको हो । 

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगाइदिने, प्रहरीमा परेका केशहरू मिलाइदिने भनी ठगी गर्दै हिँडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यही माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।  

बेसीशहरमा डेरा गरी बस्ने गुरुङ विभिन्न महिलाहरूसँग रु ७ लाख १७ हजार पाँच सय रुपैयाँ लिएर सम्पर्क विहीन भएका थिए । उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हु प्रहरीमा भएको केशहरू समेत मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेका थिए । 

गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो ।

निज गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : २२ बजे