मालपोत र नापीमा सदाचारको मापन गरिँदै

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई गुनासोरहित र सदाचारयुक्त बनाउनु प्राथमिक कार्यसूची रहेको बताउनुभएको छ ।

मालपोत र नापी कार्यालयका कर्मचारीसँगको नियमित अन्तरक्रियामा उहाँले ती दुवै कार्यालयको सेवा प्रवाह गुनासो र कार्यालय व्यवस्थापनलाई मूल सूचक बनाई कार्यसम्पादन मूल्याङ्कनको आधार बनाइने जानकारी दिनुभयो । 

सचिव डा रेग्मीले मन्त्रालयले सघन रूपमा सबै कार्यालयको स्थितिको अनुगमन गरिरहेकाले महानिर्देशक, कार्यालय प्रमुख र सबै कर्मचारीले आफ्नो कार्यसम्पादन सेवाग्राहीमैत्री बनाउन दत्तचित्त रहन आवश्यक रहेको बताउनुभयो ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : ३६ बजे