दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भक्तपुरमा एटिएम फोड्न खोज्ने एक जना पक्राउ

भक्तपुर । प्रहरीले एटिएम फोडेर पैसा झिक्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । 

भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको एटिएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँ झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ।

उनले माघ ११ गते बुधवार राति नौ बजे एटिएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९ः२५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो ।

हाल मुक्तिनाथ विकास बैङ्कको गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ । उनी २०६१ सालमा भर्ना भएका सशस्त्र प्रहरीको पूर्व कर्मचारी समेत रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : १९ बजे