यस्तो छ आजको विनिमय दर

त्रिदेशीय शृंखलाको बन्द प्रशिक्षणमा २८ खेलाडी

काठमाडौं । अर्को महिना घरेलु मैदानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सामाजिक सञ्जालमार्फत खेलाडीको सूची सार्वजनिक गरेको हो। कप्तान रोहित पौडेल तथा पूर्वकप्तान ज्ञानेन्द्रसहित सिद्धान्त लोहनी, सूर्य तामाङ तथा अंकित सुवेदी लगायतलाई समेटेर २८ सदस्यीय टिम बोलाइएको हो।

नाबालिग बलात्कारको आरोप लागेर धरौटीमा छुटेका पूर्वकप्तान सन्दीप लामिछाने भने टिममा परेका छैनन। उनको मुद्दा अदालतमा विचाराधीन रहँदा क्यानले पनि कानुन अनुसार अगाडि बढ्ने बताएको थियो।

नेपाली टिम: कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, शरद भेसावकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, बिक्रम शोब, भुवन कार्की, अंकित सुवेदी।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : २३ बजे