‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भ्यागुता कराउने दिन लक्षित ‘२.० छड्के’को ट्रिजर सार्वजनिक 

मनाङ । हिमाली जिल्ला मनाङका स्थानीयहरूको सङ्घर्ष र हिमाली उत्पादनमा केही निश्चित गुन्डाहरूको रजाइँलाई आधारित बनाई तयार पारिएको नेपाली कथानक चलचित्र २.० छड्केको ट्रिजर सार्वजनिक भएको छ ।  

कलाकारहरू अनमोल केसी, रविन तामाङ रेशा आले मगर,फिलिम नेपाली लगायतको अभिनय रहेको   यो चलचित्रमा मनाङका स्थानीयहरूले स्याऊँ  र यार्सामा खप्नु परेको विविध गुन्डा समूहको अन्याय र बेतिथिलाई देखाइएको छ । आफ्नै बारीको स्याउँको मूल्य नपाएका मनाङ्गीहरु आफ्नै डाँडामा पाइने यार्सा टिप्नबाट समेत वञ्चित बन्नु परेको विषय सार्वजनिक गरिएको ट्रिजरको सुरुमै देख्न सकिन्छ ।

समतेन र खजुरेहरुको आतंङमा  हिमाली क्षेत्रको अर्थतन्त्र कसरी केही मुठ्ठीभर समूहले कब्जा गरिरहेका छन्  र ती समूहकै सिको गर्दै मनाङ ग्याङ,बरुलाज ग्याङ, ग्रीन ग्याङ र म्यान डग ग्याङ जस्ता अनगिन्ती ग्याङहरू पैदा हुने तिनीहरूको कै द्वोन्दलाई यस चलचित्रमा देखाइएको छ । भ्यागुता कराउने दिन फागुन १९ भनेर प्रदर्शनका लागि प्रसार प्रसार भइरहेको यस चलचित्रको निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुनुहुन्छ । चलचित्रको लेखन तथा निर्देशन  निगम श्रेष्ठले गर्नुभएको हो ।

 

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ४ : ०१ बजे