यस्तो छ आजको विनिमय दर

केपी ओली कप फुटबल फागुन ११ गतेबाट,विजेताले पाउनेछन् १० लाख

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ ।

राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता काठमाडौंका विभिन्न खेल मैदानमा हुने जनाएको छ । 

टीम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’ टीमहरू तथा स्वदेश र विदेशी खेलाडीको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले केपी ओली कपको मुख्य उद्देश्य नेपाली फुटबलको व्यवसायिक प्रवर्द्धनमा योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनितीक दलहरूलाई प्रेरित गर्नु रहेको बताउनुभयो । 

प्रतियोगिताको विजेता टीमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार पाउने छन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : ४७ बजे