आन्तरिक हवाई उडानमा अत्यधिक चाप

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । 

बैठकमा राष्ट्रपतिको निर्वाचन, पार्टी एकता र सङ्गठन बिस्तार बारेमा छलफल हुने बताइएको छ।

बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस  गर्नुभएको थियो ।

बिहीबारको बैठकमा प्रधानमन्त्री दाहालले वर्तमान राजनीतिक घटनाक्रमलाई समावेश गर्दै लिखित राजनीतिक प्रतिवेदन पनि पेस गर्नुभएको थियो। त्यसमा वर्तमान गठबन्धन निर्माण, काँग्रेसले विश्वासको मत दिएपछि उत्पन्न राजनीतिक घटनाक्रम लगायतका विषय समावेश रहेको उपाध्यक्ष समेत रहनुभएका माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल काँग्रेसले विश्वासको मत दिएपछि नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा हुनुहुन्छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ३८ बजे