आज सरस्वती पूजा, सरस्वती मन्दिरहरूमा घुइँचो (फोटोफिचर)

काठमाडौँ । आज सरस्वती पूजा, काठमाडौँ उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ । 

सरस्वतीलाई विद्याकी देवीको रूपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरूलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरूमा घुइँचो लागेको हो । 

स्वयम्भू, मैतीदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरूमा बिहानैदेखि पूजा गर्नेहरूको घुइँचो लागेको छ । बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा  चकले लेखेर अक्षरारम्भ गरेका छन् । 

​​​​​​​

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ११ : ०५ बजे