सुनको मूल्यमा नयाँ कीर्तिमान

डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सुरु

डोटी । डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सञ्चालन सुरु भएको छ । जिल्लाको सिलगढी नगरपालिका–४ मा रहेको ग्रामीण विकास सेवा केन्द्र डोटीद्वारा सञ्चालित सामुदायिक सुजङ अस्पताल राजपुरले इन्डोस्कोपी सेवा सञ्चालन गरेको हो । इन्डोस्कोपी सेवा सञ्चालन भएपछि यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेकोे केआई सिंह गाउँपालिका–५ का करन रानाले बताउनुभयो । इन्डोस्कोपी सेवा सञ्चालन भएपछि बिरामीको निकै चाप बढेको सुजङ अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताउनुभयो ।

इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाइ नभएको प्रशासन प्रमुख बलायरको भनाइ छ ।

“सेवा सञ्चालनपछि जिल्लाका नागरिकका लागि सहज भएको हो”, सुजङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष  भक्त बलायरले भन्नुभयो, “सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महसुस गर्ने विश्वास छ ।” उहाँका अनुसार यसका लागि सबै प्रकारका उपकरण जडान भइसकेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ४६ बजे