काठमाडौं। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारको कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानसँग भेटवार्ता गर्नुभएको छ।
बुधबार राज्यमन्त्री अवानको इस्लामावादस्थित कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुमधुर बनाउने उपायबारे छलफल भएको राजदूत अधिकारीले बताउनुभयो ।
भेटमा दुई देशबीचको संसदीय सहकार्यबारे पनि छलफल भएको राजदूत अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ६ : ३२ बजे
प्रतिक्रिया