आज बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ । 

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज नयाँ मन्त्री नियुक्त गर्ने हुनुभएको हो । मन्त्रिपरिषद्ले पूर्णता दिने वा नदिने बारे टुङ्गिएको छैन ।

मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आज २:०० बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ । मन्त्री बन्ने आकाङ्क्षीहरूको सङ्ख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ । 

नेकपा एमालेले ५ वटा, माओवादीले ४ वटा, राप्रपाले ३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालय मागेका छन् । 

तर, मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागबण्डामा तलमाथि हुनेछ ।

 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : २३ बजे