उपसभामुख इन्दिरा राना मगरले लिनुभयाे शपथ

काठमाडौँ ।  उपसभामुख इन्दिरा राना मगरले शपथ लिनुभएको छ । 

सोमबार राष्ट्रपति भवन शीतल निवासमा सभामुख देवराज घिमिरेले उहाँलाई सपथ ग्रहण गराउनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ०९ बजे