राष्ट्रपतिमा उम्मेदवारी दिने नेपाली काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। 

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले यसअघि, सभामुख र उपसभामुखमा पनि उम्मेदवार बनाएको थियो। 

राष्ट्रपतिमा कसलाई उठाउने भन्ने टुङ्गो नलगाएको काँग्रेसले उम्मेदवारी दिनु पूर्व अन्य पार्टीसँग पनि छलफल गर्ने जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ११ : ५१ बजे