उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन त्यो पदमा रहुन्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गर्नुभएको हो ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको शपथ लिँदै हुनुहुन्छ ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १० : ०५ बजे