प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता 

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  सभामुख निर्वाचित भएपछि समसामयिक विषयमा छलफल गर्न घिमिरे अहिले बिहान ८ः०० बजे प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो ।  

उहाँहरू बीचको भेटवार्तामा संसद् सञ्चालन, सरकारले संसद्लाई दिने बिजनेस, प्रतिपक्षी दलको जिम्मेवारी, केही नियमावली संशोधन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ  ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ३७ बजे