‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सल्यानका मापदण्ड विपरित क्रसर बन्द 

सल्यान । सल्यानमा मापदण्ड विपरित रहेका सबै क्रसर उद्योगहरु बन्द भएका छन् । जिल्लामा मापदण्ड विपरित रहेका पाँच वटा क्रसर उद्योग र एक बालुवा प्रशोधन केन्द्र बन्द भएका हुन । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दर्ता विना रहेका क्रसर उद्योग र दर्ता भएर नविकरण नगरेको बालुवा प्रशोधन केन्द बन्द भएको जानकारी दिनु भयो ।

सिंह एण्ड ब्रोदर हमाल जिबि कम्पनि–कालाखेत, कालिका प्यासिफिक ज्वाईन्ट भेन्चर–कालिमाटी, पिके निर्माण सेवा प्रालि–शारदा, बेचालु अवस्थामा रहेको खड्का पिएस निर्माण सेवा–कुमाख र निर्माणाधिन अवस्थामा रहेको जाभा धुलिखेल जेबि कम्पनी मिनि क्रसर उद्योग–बन्गाड बन्द भएका छन् । यस्तै ढुंगिवगरमा रहेको बगेश्वरी एग्रीग्रेड बालुवा प्रशोधन केन्द्र दर्ता गरेको भएपनि नविकरण नहुदाँ बन्द भएको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानले गत पुस २२ गते एक सूचना जारी गर्दै जिल्लाभित्र अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । प्रचलित कानून र मापदण्ड विपरित अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन्,  प्रशोधन कार्यमा संलग्न रहेका क्रसर उद्योग र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चालनमै रहेका उद्योग तत्काल बन्द गर्न व्यवसायीलाई सुचना मार्फत ध्यानाकर्षण गराएको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्वारा जारी सूचनामा आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग, निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकाय समेतलाई यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ । साथै अटेर गरे कानुन बमोजिम कडा सजाय हुने चेनावनी दिएको थियो ।
 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ०५ बजे