अब मधेस प्रदेशमा पनि ई सेवाको प्रादेशिक कार्यालय

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई सेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । 

यो सँगै ई सेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ । हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको ई सेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधापूर्ण र सरलस्कृत गर्दै अगाडी बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको हो  ।

प्रादेशिक कार्यालय जनकपुरको मिल्स् एरियामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र  ई सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन  गर्नुभयो । अबदेखि दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टहरूले ई सेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालय मार्फत सहज ढङ्गले प्रयोग गर्न पाउनेछन् । 

देशभर एक लाख ६५ हजार  भन्दा बढी एजेन्ट (ई सेवा जोन तथा पोइन्ट) रहेको ई सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसङ्ख्याले सेवा लिइरहेका छन् । ई सेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको सङ्ख्या पनि करिब ७० लाख पुगिसकेको छ । ई सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ । 

 

 

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ३ : ०८ बजे