काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज हुने भएको छ ।
आज दिउँसो १ः०० बजे प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन हुने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली काङ्ग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन हुनुहुन्छ ।
यस्तै, यादवको प्रस्तावकमा काँग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ
प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ७ : २६ बजे
प्रतिक्रिया