एमालेको जागरणसभामा जे देखियो…

चोरी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं – चोरी कार्यमा संलग्न रहेको अभियोगमा ४ जना र चोरी गरेका सामान खरिद गर्ने १ जना गरी ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२९ बस्ने कुखुरे भन्ने २५ वर्षीय राजेश लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने नुवाकोट बेलकोट  गढि  नगरपालिका-७ घर भएका २५ वर्षीय भिम तामाङ, काठमाडौं चन्द्रागिरी नगरपालिका-४ ठेगाना भई तारकेश्वर नगरपालिका-४ बस्ने २३ वर्षीय रितेश लामा, तारकेश्वर नगरपालिका-४ बस्ने धादिङ सिद्धलेख गाउँपालिका-४ ठेगाना भएका बिलाष खतिवडा र चोरीका सामान किन्ने तारकेश्वर नगरपालिका-४ बस्ने धादिङ धुनेबेशी नगरपालिका-९ घर भएका २८ वर्षीय नवराज सदाशंकर रहेका छन् ।

टोखा नगरपालिका-८ स्थित सुरेश शाहीको घरबाट ४० ईन्चको टिभि सहित सुनका विभिन्न गहना समेत गरी करिब १३ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको धनमाल गत पुस १९ गते चोरी भएको घटनामा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट चोरी गरिएको टिभि, मोबाइल तथा सुनका गरगहना समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १२ : ५३ बजे