बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङ गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने २९ वर्षीय लोकमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७९ वैशाख ६ गतेको फैसलाले ८ लाख २४ हजार रुपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ३२ हजार ९ सय ६० रुपैयाँ छतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँबाट पक्राउ गरेको छ । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ । 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ५ : २९ बजे