राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । 

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । त्यसैले अब राना सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नुहुने भएको छ । 

यसअघि, रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्कीको नाम चर्चामा थियो । 

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । 

प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्य तालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । 

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ११ : ३६ बजे