सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग हुनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्नुहुँदै उहाँले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो ।

सभामुख घिमिरेले एमालेको पार्टी सदस्यता समेत त्यागेको उल्लेख गर्नुभएको छ । उहाँ बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित हुनुभएको थियो । 

घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत हुनुहुन्थ्यो। उहाँले आजै पद तथा गोपनीयताको शपथपछि पदभार सम्हाल्ने कार्यक्रम छ ।

​​​​​​​

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ११ : ०२ बजे