सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै, आजै पदभार सम्हाल्नुहुने

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ः०० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिने कार्य तालिका छ ।

शपथ लिए लगत्तै उहाँ लैनचौरमा रहेको सहिल स्तम्भमा माल्र्यापण गर्न जानुहुने भएको छ  । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उहाँले पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित हुनुभएको थियो । दुई सय ६८ सांसद उपस्थित भएकामा उहाँले एक सय ६७ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा एक सय मत परेको थियो । 

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ५९ बजे