धरहराबाट उपत्यका नियाल्ने रहर

महासचिव पोखरेलद्वारा उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

सुमेरु अस्पतालमा आज बिहान पुगेर महासचिव पोखरेलले नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिनुभयो । 

यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललगायतले पनि अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

माघी पर्वका लागि गृह जिल्ला रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका गत शनिवारदेखि सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो । 

गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुग्नुभएको थियो ।

रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकोप्टरबाट अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँले केही समय पहिले चीनको एक अस्पतालमा उपचार गराउनुभएको थियो । कमलपित्त रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको थियो ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : ०२ बजे