कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रवार विश्वासको मत लिनुहुने भएको छ । 

मुख्यमन्त्री शर्माले भोलि शुक्रवार दिउँसो १ः०० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । 

कार्य व्यवस्था परामर्श समितिको बैठकले माघ ६ गते दिउँसो १:०० बजे बैठक बसाल्ने निर्णय गरिसकेकाले सोही दिन ११ः०० बजे कार्यसूची विवरण सार्वजनिक गरिने प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बताउनुभयो । 

मुख्यमन्त्री शर्माले मङ्गलवार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता गर्नुभएको थियो ।  मुख्यमन्त्री शर्माले सदनमा विश्वासको मत लिनका लागि पत्र दर्ता भइसकेकाले माघ ६ गते बस्ने बैठकबाटै विश्वासको मत लिने तयारी गरिएको छ । 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ९ : ४७ बजे