लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिनुहुने भएको छ ।

आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले सरकारको नेतृत्व गरेको ८ दिनपछि  विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीले कुनै पनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान छ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री गिरीलाई एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सांसदहरूसहित ५८ जनाको समर्थन रहेको छ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। सत्तापक्षको स्पष्ट बहुमत देखिन्छ। 

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ९ : २२ बजे