विभूषण वितरणको मापदण्ड बनाउन सरकारले बनायो समिति

काठमाडौं । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ । बुधबारको मन्त्रिपरिषद बैठकले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरेको हो ।  

गठित समितिको नामावली भने सार्वजनिक गरिएको छैन । 
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गरिने बताउनुभयो । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : ४१ बजे