दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

 चार जना बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक जना पक्राउ 

भोजपुर । १३ वर्षीया २ जना र १५ वर्षीया २ जना बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा  एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका –३ सिद्राङ बस्ने ३७ वर्षीय पुर्ण कुमार राई रहेका छन् ।  

राईले विभिन्न मिति, समय र स्थानमा ती बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको भन्ने छुट्टाछुट्टै उजुरीको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  २ : ५९ बजे