नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको छ। राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति भण्डारीले नानियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो।

सत्ता साझेदार दलमध्ये एमालेले ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले ३-३ वटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री हुनुभएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । 

राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिनुभएको हो  । माओवादीबाट रेखा शर्मा सूचना,सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुनुभएको छ ।

यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री हुनुभएको छ । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसक्नुभएको छ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त हुनु भएको छ । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्नुभएको छ ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहनुभएकाे छ । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त हुनुभएको छ । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्न्नुभएको छ । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसक्नुभएको छ ।

शपथ लिएका मन्त्रीहरु 
एमालेबाट 
१. विमला राई पौडेल-परराष्ट्रमन्त्री 
२. पदम गिरी-स्वास्थ्य मन्त्रालय 
३. भगवती चौधरी-महिला बालबालिका     
४. हरि उप्रेती-रक्षा मन्त्रालय

माओवादीबाट 
१. रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि
२. सुदन किराती-संस्कृति तथा पर्यटन 
३. अमनलाल मोदी-सामान्य प्रशासन 
४. सुशिला श्रीपाली-पर्यटन राज्यमन्त्री

रास्वपाबाट 
१. डोलप्रसाद अर्याल-श्रममन्त्री
२. शिशिर खनाल-शिक्षा मन्त्री 
३. तोसिमा कार्की-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

राप्रपाबाट 
१. राजेन्द्र लिङ्देन-उपप्रधान तथा ऊर्जा
२‍. ध्रुवबहादुर प्रधान-कानुनमन्त्री 
३. विक्रम पाण्डे-सहरी विकासमन्त्री

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ०९ बजे