राष्ट्रपति भवनमा घटस्थापना

थप १ जनाको शव भेटियो, अब दुईवटा खोज्न बाकीं

काठमाडौँ – आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीका अनुसार फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिएका हुन्  ।

विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए भने त्यस मध्ये ७० जनाको शव फेला परेको छ । अब थप २ जनाको शव भोलिमात्रै खोजी गरिने भएको छ ।

प्रहरीले शव खोज्नका लागि ड्रोनको प्रयोग गरिरहेको छ । भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी कार्य जारी रहने छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ०३ बजे