काठमाडाैं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
पछिल्लो समय सेयर बजारप्रति आकर्षक बढ्दै गएको हाे। आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।
सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या संख्या ५४ लाख ८४ हजार २ सय ७३ जना पुगेकाे छ । यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४५ लाख ७२ हजार ५ सय ६८ जना पुगेकाे छ ।
प्रकाशित मिति : २ माघ २०७९, सोमबार ५ : १५ बजे
प्रतिक्रिया