राष्ट्रपति भवनमा घटस्थापना

विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटियो

काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीका अनुसार सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जानकारी दिएका हुन्  ।

विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए भने त्यस मध्ये मध्ये ६९ जनाको शव फेला परेको छ । अब थप ३ जनाको शव खोजतलास हुँदै छ।

काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : १३ बजे