दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

खोटाङमा विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला

खोटाङ ।  खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बालिका मृत फेला परेकी छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयाे । 

बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनरत थिईन् । ३ पुसदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी हुन् । घट्नास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयाे । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीले बताउनुभयाे । 

घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताउनुभयाे । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । ज्ञानीमायाँ घर नजिकै २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिईन् । 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १२ : ४९ बजे