डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

​​​​​​​काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तार, सभामुख निर्वाचन, समसामयिक राजनीतिका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफल अहिले जारी छ । 

आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ ।

नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि, पनि उहाँहरुबीच मन्त्रिपरिषद् विस्तार लगायताका विषयमा छलफल भएको थियो । 

उहाँहरुबीच बिहीबार बालुवाटारमा भएको छलफलमा पनि विना विभागीय मन्त्रालयको टुङ्गो लगाउने र बाँकी १७ वटा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल भएको थियो । 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ५९ बजे