डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मधेस प्रदेशमा सभामुखको लागि आज उम्मेदवारी दर्ता

जनकपुरधाम । मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । 

प्रदेशसभा सचिवालयद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्य तालिका छ । 

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते सोमबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता र नामावली प्रकाशन तथा सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रंजितकुमार यादवद्वारा जारी सूचनामा जनाइएको छ । 

सत्ता गठबन्धनबीच मधेस प्रदेशको सभामुखमा नेकपा (एमाले)र उपसभामुख जनमत पार्टीले पाउने गरी सहमति भएको छ ।

 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ४४ बजे